Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पैसा लुटेको आरोपमा वडाअध्यक्ष पक्राउ - B Khabar


असार २४ गते । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष विनोदसिंह विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।

वडाध्यक्ष विष्टसहित तीन जनाको टोलीले केही दिनअघि खोर्केखोला तटबन्धन उपभोक्ता समितिको ६ लाख ५० हजार रुपियाँ लुटेको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

उक्त उजुरीका आधारमा शुक्रबार पक्राउ परेका सुशील गुरुङ र बलिराज शाहीले जफत भएको रकमबाट वडाध्यक्ष विष्टलाई दुई लाख दिएको स्वीकारेपछि विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी लक्ष्मण शाहीले जानकारी दिए  । 

वडाध्यक्ष विष्टमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ । 

Top Post Ad

post bottom ads

Ads Bottom