Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाली लेखक सङ्घ, कास्कीमा नयाँ नेतृत्व


पोखरा, साउन ६ गते । नेपाली लेखक सङ्घ, कास्कीले नयाँ नेतृत्व पाएकाे छ । सङ्घकाे अध्यक्षमा रिता अधिकारी ‘ऋतु’ निर्वाचित भएकी हुन् । शनिबार भएको संस्थाको पाँचौँ अधिवेशनबाट अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।


उपाध्यक्षमा कमल पौडेल ‘अथक’, सचिव सञ्चय न्यौपाने ‘प्राञ्जल’, सहसचिव श्रीराम अधिकारी ‘गोर्जे’ र कोषाध्यक्षमा मेघनाथ आचार्य छन् । सदस्यमा तारानाथ पराजुली, रोशन तिमिल्सिना, गोपालप्रसाद अधिकारी, मनिषा पौडेल र भेषराज पौडेल ‘उदास’ निर्वाचित भएका छन् । बाँकी १ सदस्य कार्यसमितिले पछि मनोनीत गर्ने निर्वाचन समिति संयोजक लक्ष्मण थापाले बताए ।


कार्यक्रममा नेपाली लेखक सङ्घका केन्द्रीय अध्यक्ष तीर्थ श्रेष्ठले नेपाली लेखक सङ्घले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आवाज वकालत गर्दै आएको उल्लेख गरे । ‘साहित्यमा सम्राट् पनि नाङ्गो हुन्छ’ भन्ने बीपी कोइरालाको अभिव्यक्तिलाई आत्मसात् गर्दै संस्थाले निष्पक्ष ढङ्गबाट विचार अभिव्यक्तिको पक्षपोषण गरेको उनको भनाइ छ ।


नवनिर्वाचित अध्यक्ष ऋतुले नयाँ कार्यसमितिले संस्थाले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिँदै नवीन शैलीका नयाँ कार्यक्रम थाल्ने प्रतिबद्धता जनाइन् । 


साहित्यकार लक्षण थापाको संयोजकत्वमा रितादेवी कँडेल र रमेश थापा सदस्य रहेको तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको थियो । अधिवेशनपछि काव्य गोष्ठीसमेत भएको सचिव प्राञ्जलले बताए।

कार्यक्रममा नेपाली लेखक सङ्घ, कास्कीका संस्थापक अध्यक्ष डा. लक्ष्मीशरण अधिकारी,डा.ईश्वरमणि अधिकारी, निवर्तमान अध्यक्ष सञ्जीव पौडेललगायतले बोलेका थिए।

Top Post Ad

post bottom ads

Ads Bottom