Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराबाट छुटेको यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो, १ घाइते - Brighter Khaabr

पोखरा, १ साउन । कास्कीमा यात्रुवाहक बसले मोटरसाइकललाई  ठक्कर दिँदा एक जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । 
पोखराबाट लमजुङको लागि छुटेको ग १ ख ७६८६ नम्बर प्लेट भएको बसले विपरीत दिशाबाट आइरहेको  ग १५ प ८४८३ नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार करिब २४ वर्षीय विवेक विश्वकर्माको ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको भए पनि उनको उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकलमा सवार २० वर्षीय दीपेन्द्र विश्वकर्मा घाइते भएका छन् । उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ  । 

कास्की प्रहरीका अनुसार  रुपा गाउँपालिका वडा नम्बर १ का उक्त  बस चालक विशाल गुरुङलाई नियन्त्रण लिएर थप अनुसन्धान भइरहेको  छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom