Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

ट्रकमा राखिएको २ सय ६२ केजी गाँजा नियन्त्रणमा , ट्रक चलाक फरार - Brighter khabar


बारामा २ सय ६२ केजी गाँजासहित एक भारतीय ट्रक पक्राउ परेको छ । हेटौंडाबाट भारततर्फ लैजाँदै गरेको बीआर २५ जीए १४५८ नम्बरको भारतीय नम्बरको ट्रकमा लोड गरिएको गाँजालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटीले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन्  ।

ट्रकचालक र कारोबारमा संलग्नसँगै ट्रकधनीको खोजी कार्य भइरहेको र चाँडै उनीहरुलाई पक्राउ गरिने बोगटीले बताउनु भयो ।

ट्रकलाई जीतपुर सिमरा उपमहानगरपालिका– ७ अन्तर्गत वीरगन्ज–पथलैया सडकखण्डमा पार्किङ गरी राखिएको अवस्थामा पक्राउ गरिएको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom