Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बासी भात दिएको झोकमा सौतेनी आमा माथी चिरपट प्रहार गर्ने छोरा पक्राउ - Brighter khabar


आफ्नै सौतेनी आमालाई कर्तव्य गरी ज्यान मारेको अभियोगमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।


धनुषा गणेशमान चारनाथ न.पा. ४ शिवनगर पथराईस्थित डेरा गरी बस्ने भारतीय नागरिक २० वर्षीय प्रेम भगतलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको हो ।


सौतेनी आमाले बासी भात खान दिएको रिसको झोँकमा विवाद भएपछि काठको चिरपट प्रहारबाट आमाको मृत्यु भएको र त्यसपछि शवलाई जलाएको प्रेम भगतले स्वीकार गरेको प्रहरीले जनाएको छ ।


शवसँगै जलेर वाँकी रहेको मृतकको कपडासहितका बस्तुहरु पनि प्रहरीले सार्वजनिक गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रेम आफ्ना बुवासँगै बसेर मिस्त्रीको काम गर्दै आएका थिए । मिरा देवीको मृत्यु भएलगत्तै आतिएर आरोपित प्रेमले उनको मृत शरिरमा आगो लगाएर जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको धनुषा प्रहरी प्रमुख बिश्वराज खडकाले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom