Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भारतीय नागरिकहरुलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एकजना पक्राउ - Brighter Khabar


असार २५ गते । झापाको दमकमा भारतीय नागरिकहरुलाई नागरिकता निकालिदिन्छु भनेर रकम उठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । यस्तो गिरोह तथा व्यक्तिहरुलाई प्रहरीले निगरानी बढाएको हो ।

भारत घर भएका २७ वर्षीय मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेर ठगी मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख दुर्गा रेग्मीले जानकारी दिनुभयो । 

ठाकुर विहार राज्य दरवंगा जिल्ला अलिनगर ग्राम पञ्चायतको स्थायी बासिन्दा रहेको जनाईएको छ । दमक वडा नं. ९ मा डेरा गरेर बस्ने ठाकुरले तीन जना भारतीय नागरिकहरुलाई नागरिकता निकालिदिने भनेर जनहि एक लाख रुपियाँ उठाएको हो ।

नेपाल नागरिकता ऐन, २०७९ (पहिलो संशोधन) जारी भएपछि जन्मको आधारमा नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानलाई नागरिकता वितरण सुरु भएपछि ठाकुरले भारतीय नागरिकहबाट र नागरिकता बनाउन अति आवश्यक कागजपत्र मिलाउन नसकेकाहरुबाट पैसा उठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको पनि रेग्मीे जनाउनुभयो ।

ठाकुरले पैसा उठाए पनि नागरिकता निस्कने अवस्था नदेखेपछि ठगिएकाहरुले नै प्रहरीलाई सूचना दिएपछि यो विषय बाहिर आएको प्रहरीको भनाइ छ । २०७२ साल असोज ३ गतेभन्दा अगाडी जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने र उसको उमेर १६ वर्ष पुरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने अवस्था छ । त्यसका लागि तोकिएका कागजपत्र तथा प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

नागरिकताका लागि सिफारीस लिनका लागि दमकका वडा कार्यालयहरु र नागरिकता वितरण गर्ने ईलाका प्रशासन कार्यालय दमकमा भिड लाग्दै आएको छ । कहिल्यै नदेखेका र यहाँ नबसेकाहरु समेत नागरिकता पाइन्छ भनेर आएको थाहा पाएपछि सिफारीस दिन कडाई गरिएको खबर गोरखापत्रमा छ ।

Top Post Ad

post bottom ads

Ads Bottom