Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चितवनको दासढुङगामा बस दुर्घटना , १९ जना घाइते - Brighter Khabar


असार ३०,  चितवनको दासढुङगा नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । 

काँकडभिट्टाबाट काठमाण्डौतर्फ आइरहेको ०१-००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भई आज बिहान दुर्घटना भएको हो ।

बस सडकबाट करिब १० मिटर तल खसेर रुखमा अडकिएको छ । घाइतेहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ । 

घटना लगत्तै यात्रुहरुको उध्दार गरिएको चितवन प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom