Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अनधिकृत रूपमा बैङ्कको खातामा पहुँच पुर्‍याई लाखौँ रकम ठगी गर्ने गिरोह पक्राउ ( ब्राइटर खबर ) - Brighter Khabar


असार १६, बैङ्क  खाता ह्याक गरी पैसा चोरी गर्ने ७ जनाको गिरोहलाई  इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेको छ । 

रौतहटको चन्द्रनिगाहपुरमा रहेको माछापुच्छ्रे बैकबाट  रौतहटको वृन्दावन नगरपालिका वाड नं. ३ निवासी रामेश्वर राय यादवको बैङ्क  खाता ह्याक गरी पैसा चोरी गर्ने गिरोहलाई प्रहरीले सार्वजनिक गरेको हो ।

पर्सा वीरगन्ज महानगरपालिका वाड नंं १६ नगवाका २१ वर्षीय राजनारायण चौरासिया, सिराहा मिर्चैया नगरपालिका–८ भगवान्पुरका १९ वर्षीय दीपे सदा, वडा नम्बर १९ केहुनी विन्दवासिनी २१ वर्षीय महम्द मुस्तुफा हवारी, दोलखा वैदेश्वर गाउँपालिका–५ सिम बारी टोलका २९ वर्षीय सुन्दर खड्का, काभ्रेपलान्चोक भुम्लु गाउँपालिका–९ पिङगोलाका १९ वर्षीय महेश थापा, उदयपुर रौउतामाई गाउँपालिका–२ भुट्टारका २० वर्षीय केवल रास्कोटी र २३ वर्षीय श्रवण दासलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार  माछापुच्छ्रे बैङ्क चन्द्रनिगाहपुर शाखाको खाताबाट जेठ ५ गते गैर कानुनी रूपमा ९ लाख ट्रान्सफर गरेको आरोपमा उनीहरू पक्राउ परेको हुन् । 

गिरोहले  यादवको  खातामा रहेको ९ लाख रकम ३/३ लाखका दरले  तिन दिनको अन्तरमा विभिन्न बैङ्क खाता र वालेटमा पठाएको प्रहरीले जनाएको छ  ।

उनीहरूले  अनधिकृत रूपमा रकम ट्रान्सफर गरी ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । उनीहरूले  अनधिकृत रूपमा बैङ्कको खातामा पहुँच पुर्‍याई  विभिन्न व्यक्तिको खातामा रकम ट्रान्सफर गरी आर्थिक अपचलन गरेको प्रहरीको  अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार ११ जनाको गिरोहमा  ४ जना अझै फरार रहेको बुझिएको छ । 

Top Post Ad

post bottom ads

Ads Bottom