Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

निर्वाचन आयोगको एक्सन : ३९ दललाई जरिवाना र १२ दललाई सचेत पत्र -Brighter Khabar


साउन २, निर्वाचन आयोगले कानुनबमोजिम आर्थिक व्यवस्थापन पारदर्शी नगर्ने र आयोगको निर्देशन अवज्ञा गर्ने राजनीतिक दललाई कारबाही गरेको छ ।


आयोगको कारबाहीमा पर्नेमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीसमेत छन् ।


आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार आयोग पदाधिकारीको हिजो बसेको बैठकले कारबाहीको निर्णय गरेको हो ।


बैठकले लेखापरीक्षण प्रतिवेदन पेस गरेपनि सार्वजनिक नगरेको तथा आयोगको निर्देशन पालना नगरेका ३९ राजनीतिक दललाई जरिवाना र १२ दललाई सचेत गराएको छ । निर्वाचन आयोगमा ८२ राजनीतिक दलले समयभित्रै लेखापरीक्षण प्रतिवेदन पेस गरेका थिए ।


१६ दलले लेखापरीक्षण प्रतिवेदन नै पेस गरेनन् भने नौ राजनीतिक दलले तोकिएको समयपछि मात्रै बुझाएका थिए । आयोगले कारबाहीमा परेका दललाई ३५ दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको छ ।


जरिवानाबापतको रकम तोकिएको समयभित्र नबुझाउने राजनीतिक दललाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउन सक्ने कानुनी व्यवस्था छ ।

Top Post Ad

post bottom ads

Ads Bottom