Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नारायणगढ–मुग्लिन सडकको विभिन्न ठाउँमा पहिरो , यात्रुलाई सास्ती - brighter khabar


 असार १७ गते । चितवनको नारायणगढ–मुग्लिन सडकको विभिन्न ठाउँमा गएको पहिरोका कारण राजमार्ग अहिले अवरुद्ध छ । सडकको नौ ठाउँमा पहिरो झरेको छ । सबै भन्दा ठूलो पहिरो तीननम्बर पुलमा रहेको ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । 


पहिरो पन्छाउन ४/५ घण्टा लाग्ने बताइएको छ । अहिले राजमार्गमा सवारी साधन अलपत्र  परेका छन् ।


बिहिबार  दिउँसोबाट पहिरोका कारण यो सडक अवरुद्ध छ । पहिरो पन्छाउदै गाडी चलाउदै गरेपनि राती ठूलो पहिरो झरेपछि राजमार्ग बन्द भएको सडक डिभिजन कार्यालयका प्रमुख रमेश पौडेलले जानकारी दिनुभयो ।


अहिले दुई स्क्याभेटर, दुई लोडर पहिरो पन्छाउन परिचालन गरिएको छ ।   

Top Post Ad

post bottom ads

Ads Bottom