Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

चट्याङ लागेर एक वडासदस्यको ज्यान गयो - Brighter Khabar




साउन ५, गएराति परेको चट्याङमा जिल्लामा एक वडासदस्यको निधन भएको छ । 

सुनछहरी गाउँपालिका–३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको बेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिनुभयो । 

चट्याङमा परी अन्य ठाउँका केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उहाँले बताउनुभयोे ।

Top Post Ad

post bottom ads

Ads Bottom