Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुत्केरी व्यथाले जटिल अवस्थामा पुगेकी महिलाको हेलिकप्टरद्वारा उद्धार - Brighter Khabar


असार ३० गते। कैलालीबाट एक महिलाको हवाई उद्धार गरिएको छ। 

सुत्केरी व्यथा लागेर अवस्था जटिल बनेकी मोहन्याल गाउँपालिका–४ ओखलढुङ्गाकी ३७ वर्षीया बिमला मिजारको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो। 

मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार सुत्केरी व्यथा लागेकी बिमलाको अवस्था जटिल बनेको खबर छ। 

खिमडीस्थित पण्डौन स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि हवाई उद्धार गरेर थप उपचारका लागि उनलाई कोहलपुर मेडिकल कलेज लगिएको हो। 

कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकामा बाटाघाटाको समस्या रहेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom