Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

श्रीमानको कुटाइबाट श्रीमतीको ज्यान गयो , छुट्याउने क्रममा आमा गम्भीर घाइते - Brighter Khabar


साउन ८ गते । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

३० वर्षीया श्रीमती पार्वतीदेवी खङको हत्या गरेको अभियोगमा महादेवा गाउँपालिका–२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरू बीच घरायसी वादविवादका कारण झैझगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले रामरुपलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते पार्वतीको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको हो । 

साथै उक्त झगडा छुट्याउने क्रममा गम्भीर घाइते भएकी रामरूपकी आमा ६१ वर्षीया समतोलिया खङको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom