Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

प्रमुख प्रशासकीय अधिकृत सहित ११ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर - Brighter Khabar


 ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । 


अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार खतिवडासहित तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृत कुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिल कुमार बुढाथोकीविरुद्व चार लाख ७७ हजार ८९९ रुपियाँ भ्रष्टाचार आरोप लागेको जानकारी दिनुभयो । 


उपभोक्ता समितिका अध्यक्ष डिक कुमार धमला, सचिव दिपक प्रसाद धमला, कोषाध्यक्ष गोठी माया मगर नेपाल विद्युत प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोपाराइटर सञ्जीव कुमार यादवले खरीद नै नगरिएको सामग्री आयोजना सुरु हुनुभन्दा अघिको मिति राखी बिलमार्फत गरेको आरोप लागेको आयोगले जनाएको छ । 


यस्तै, आयोगले धनुषाको थुम्हौनास्थ्ति नवयुवक आधारभूत विद्यालयमा कार्यरत शिक्षक सीता कुमारी यादवको शैक्षिक योग्यताको प्रमाण्पत्र नक्कली रहेको बताएको छ । 


यादवले अस्थायी राहत शिक्षक दरबन्दीमा नियुक्ति हुँदा बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट मध्यमा तहमा उत्तीर्ण गरेको झुट्टा शैक्षिक योग्यता पेश गरी भ्रष्टाचार गरेको आरोप लागेको हो ।

Top Post Ad

post bottom ads

Ads Bottom