Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरायसी विवादका कारण घरबाट निस्केका यादवको शव सडेको अवस्थामा भेटियो - Brighter Khabar

 

सांकेतिक तस्विर 

कपिलवस्तुको विजयनगर गाउँपालिकामा सडेको अवस्थामा शव फेलापरेको छ । 

सोमबार गाउँपालिकाको वडा ६ उज्ज्वलपुरमा शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण रानामगरले बताउनुभयो । 

गौतमबुद्ध साझेदारी वन कार्यालयको पोखरीनजिकै फेला परेको शव स्थानीय ५० वर्षीय राम सहनी यादवको रहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार साउन ६ गते घरायसी विवादका कारण यादव घरबाट निस्केका थिए ।  स्थानीयले मृत अवस्थामा यादवलाई भेटेपछि प्रहरीलाई खबर गरेका थिए । 

शव पोष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगञ्जमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom