Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

लेटर ग्रेडिङ निर्देशिका बारे टुङ्गो नलाग्दा एसइईको नतिजा प्रकाशनमा ढिलाइ - Brighter Khabar


असार १७, लेटर ग्रेडिङ निर्देशिका बारेमा अझै टुङ्गो नलाग्दा  एसइईको नतिजा प्रकाशनमा ढिलाइ भएको छ । लेटर ग्रेडिङ निर्देशिका २०७२  कि २०७८ अनुसार गर्ने भन्नेबारेमा अझै टुङ्गो नलाग्दा नतिजा प्रकाशनमा ढिलाइ भएको हो । 

निजी विद्यालयको छाता संस्थाहरूले पुरानो निर्देशिका अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने माग राखे पनि राष्ट्रिय परीक्षा  बोर्डले यस सम्बन्धमा टुङ्गो नलगाउँदा नतिजा प्रकाशनमा ढिलाइ भएको हो   ।

नयाँ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशित भए अनुत्तीर्ण हुने विद्यार्थीको भविष्य अन्योलमा हुन सक्ने दाबी निजी विद्यालयको छाता संस्थाहरूको छ  ।

नयाँ निर्देशिका २०७८ अनुसार विद्यार्थीले सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने र सबै विषयमा ३५ प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई ‘नन ग्रेडेड’मा राख्ने व्यवस्था छ । निजी विद्यालयका छाता संस्थाहरूले आगामी वर्षमा नयाँ पाठ्यक्रममा आधारित रहेर  प्रश्न पत्र आउने हुँदा यसले  पुरानो  पाठ्यक्रम अध्ययन गर्ने विद्यार्थीलाई जटिल हुने दाबी गरेका हुन् ।

यता राष्ट्रिय परीक्षा बोर्डले अघिल्लो वर्ष लेटर ग्रेडिङ निर्देशिका २०७८ कार्यविधि लागू गरे पनि नतिजा भने २०७२ को पद्धति अनुसार नै गरेको थियो ।

 चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थी एसइई परीक्षाको नतिजाको पर्खाइमा छन् ।  नतिजा प्रकाशनका लागि उत्तरपुस्तिकका परीक्षण, सम्परीक्षण, रुजु गर्ने काम सकेर हाल नतिजा कम्प्युटरमा प्रविष्ट गर्ने काम भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ  । बोर्डको  असार  तेस्रो साताभित्र नतिजा प्रकाशन गर्ने कार्य तालिका थियो  ।

Top Post Ad

post bottom ads

Ads Bottom