Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिँदा १२ वर्षीय बालकको ज्यान गयो - Brighter Khabar


असार २६, सप्तरीको रूपनीमा  विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिँदा १२ वर्षीय बालकको ज्यान गएको छ  । 

रुपनी गाउँपालिका वडा नम्वर १ स्थित पूर्व पश्चिम् राजमार्गमा मंगलबार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क १०८४ नम्बरको ट्रकको ठक्करबाट स्थानीय आजिम जानको १२ वर्षीय छोरा रहमान मियाँको ज्यान गएको हो ।

आधारभुत विद्यालय खोक्सर प्रवाहामा कक्षा ५ मा  अध्ययनरत बालकलाई विद्यालय जाने क्रममा ट्रकले ठक्कर दिँदा गम्भीर घाईते भएका थिए  बालकलाई उपचारका लागि बिपी कोईराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा लागिएको भएपनि  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ  ।

ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको  सप्तरीका प्रहरी प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।

दुर्घटनापछि स्थानीयले पूर्व पश्चिम् राजमार्ग अन्तर्गत रुपनीमा सडक अबरुद्ध गरेका छन् । 

उनीहरूले मृतक परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, राति १० बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रक र टिपर चलाउन दिन पाउनुपर्ने सहितका माग राख्दै स्थानीयले सडक अबरुद्ध गरेका हुन् ।

Top Post Ad

post bottom ads

Ads Bottom