Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

भैँसीलाई पोखरीमा नुहाइदिन जाने क्रममा डुबेर दुई बालिकाको ज्यान गयो - Brighter Khabar

सांकेतिक तस्विर 

साउन १५ गते । सप्तरीको बोदेबर्साईन नगरपालिका वडा न. ३ मा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।

जिल्लाको बोदेबर्साईन नपा वडा न. ३ का महादेव साहको पोखरीमा सोही नगरपालिकाको वडा नं. १ धनगढीका विध्यानन्द साहको ८ की किरनकुमारी साह र वडा नं. ६ फुलकाही का धनराज साहको ८ वर्षीय छोरी शिवानी साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको हो ।

भैँसीलाई पोखरीमा नुहाउन जाने क्रममा पोखरीमा डुबेर दुवै जनाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । 

यता घटनास्थल सुरक्षित राखिएको तथा यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom