Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामान्य जाँचका लागि अस्पताल गएका बालकको अक्सिजन सिलिन्डर विस्फोट हुँदा ज्यान गयो - Brighter Khabar


असार २९,  अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको ज्यान गएको छ । 

दाङको  घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको अक्सिजन सिलिन्डर विस्फोटबाट ज्यान गएको  हो ।

एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । 

अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।

अहिले अस्पताल प्रशासन र पीडित पक्षबीच छलफल भइरहेको खबर छ ।

Top Post Ad

post bottom ads

Ads Bottom