Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

घरेलु मदिरालाई ब्राण्डिङ गर्दै गाउँपालिका - Brighter Khabar

 

असार २३ गते । मानेभञ्ज्याङ गाउँपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा घरेलु मदिरालाई ब्राण्डिङ गर्ने कार्यक्रम ल्याएको हो । 

घरेलु लोकल रक्सीको बजारीकरणका लागि कानुन निर्माण गर्दै यसलाई ब्राण्डिङ गर्ने नीति तथा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताउनुभयो । घरेलु मदिरालाई ‘ब्याण्ड (प्रतिबन्ध) होइन ब्राण्ड’ बनाइनुपर्ने अवधारणाअनुसार आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा मौलिक संस्कृति तथा परम्परागत सीपसँग जोडिएका घरेलु उत्पादनको स्तरीकरण, ब्राण्डिङ गर्ने योजना समावेश गरिएको गाउँपालिका अध्यक्ष रुम्दालीको भनाइ छ । 

घरेलु उत्पादनलाई प्रवर्धन गर्दै समृद्धिसँग जोड्ने र रोजगारी सिर्जना गर्ने लक्ष्यअनुसार लोकल रक्सीलाई ‘ब्राण्ड’ बनाउने नीति तथा कार्यक्रम अघि सारिएको अध्यक्ष रुम्दालीले बताउनुभयो । 

नेपाली मौलिक सीप र कौशल प्रयोग गर्दै स्थानीय कच्चा पदार्थ कोदोबाट घरेलु मदिराको उत्पादन र उपभोग भइरहेको परिप्रेक्ष्यमा यस्ता उत्पादनलाई प्रोत्साहन गर्दै बजारीकरण गरेको खण्डमा कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना, गरिबी न्यूनीकरण, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्धन गर्न सकिने विश्वास गरिएको छ ।

अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने सम्भावनालाई मध्यनजर गर्दै लोकल रक्सीलाई स्तरोन्नति गरी ब्राण्डिङ गर्ने योजना बनाइएको अध्यक्ष रुम्दालीले बताउनुभयो । 

घरेलु मदिरालाई ब्राण्डिङ, बजारीकरण तथा प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याए पनि गाउँपालिकाले अनुमतिबिना मदिरा विक्री वितरणमा रोक लगाउने भनेको छ । 

यसका साथै मानेभञ्ज्याङ गाउँपालिकाले अवैध रूपमा भइरहेको सुर्ती र गाँजा खेतीलाई समेत प्रवर्द्धन गर्ने नीति कार्यक्रम ल्याएको छ । शेरबहादुर राईले गोरखापत्रमा समाचार लेखेका छन् ।

Top Post Ad

post bottom ads

Ads Bottom