Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सुनको मूल्य बढिरहँदा यसको आयातमा पनि १० प्रतिशतले वृद्धि - Brighter Khabar


असार १९ गते । सरकारले सुनको कोटा घटाए पनि आयात भने १० प्रतिशतले बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सुनको आयात १० प्रतिशतले बढेर ४३ अर्ब ५३ करोड ९२ लाख १९ हजार रुपियाँको आयात भएको हो । 

गत वर्ष सो अवधिमा ३९ अर्ब ३२ करोड ७० लाख ४७ हजार रुपियाँको सुन आयात भएको थियो । 

आव २०७८/७९ मा ४२ अर्ब ७० करोड ३८ लाख १३ हजार रुपियाँको सुन आयात भएको छ । डेढ वर्षअघि नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै गत दैनिक २० केजीबाट घटाएर १० किलोमा झारेको थियो । 

सुनको कोटा घटाए पनि आयातमा बढ्दै गएको तथ्याङ्कले देखाएको छ । चोरी तस्करीबाट समेत ठुलो परिमाणमा सुन आयात हुने गर्छ । 

बजारमा सुनको मूल्य सामान्य घटेर एक लाख १० हजार रुपियाँमा कारोबार भइरहेको छ । गत जेठ महिनामा एक लाख १२ हजार सात सय रुपियाँमा कारोबार भएको थियो । 

पछिल्लो समय सामान्य घटेर एक लाख १० हजार रुपियाँमा झरेको छ । सुनको मूल्य बढ्दै गएकाले कारोबारमा गिरावट आएको व्यवसायीको भनाइ छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले हाल दैनिक १० देखि १५ किलो सुन मात्र कारोबार हुने गरेको बताउनुभयो । 

लगातार मूल्य बढ्दै गएको र उपभोक्ताको क्रयशक्ति बढ्न नसक्दा लगनको सिजनमा पनि सुनको कारोबार बढ्न नसकेको उहाँको भनाइ छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom