Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बोलेरो जिपसहित सम्पर्कविहीन भएका चालक अझै भेटिएनन् - Brighter Khabar


साउन १३ गते । साउन ८ गते किराना सामान लिएर बेनी नगरपालिका–७ बेनीबाट अन्नपूर्ण गाउँपालिका–३ दानातर्फ गएको ग २ च १०३१ नम्बरको बोलेरो जिप र चालक कम्लेस परियार साउन १० गतेबाट सम्पर्कविहीन भएका छन् । 

बेनी नगरपालिका–७ मंगलाघाटको सुमन किराना स्टोरबाट खाद्यान्न सामग्री लिएर दाना पुगेको खुले पनि फर्किनेक्रममा गाडीसहित चालक सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । 

सम्पर्कविहीन भएको गाडीको खोजी गर्नेक्रममा अन्नपूर्ण गाउँपालिका –६, भिरकाटेमा बोलेरोजस्तै देखिने काँच भेटिएको र पसलको सामानको नगदरसिद समेत भेटिएको बताइएको छ । 

तर चालक र बोलेरोको कुनै जानकारी पत्ता लाग्न नसकेको जानकारी पसलका सञ्चालकले दिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए  । 

प्रहरीका अनुसार मालिका गाउँपालिका –५ देवीस्थानका २७ वर्षीय चालक परियार र सवारी साधनको बारेमा केही खुल्न सकेको छैन ।

साउन ८ गते बेनीबाट खाद्यान्न सामान लिएर दानातर्फ गएको सो बोलेरो १० गते बुधबार दिउँसो ३ बजेसम्म सम्पर्कमा रहेको र त्यसपछि सम्पर्कविहीन भएको हो  । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सिसा भेटिएको स्थानबाट तल्लो क्षेत्रमा कालीगण्डकी नदी वारपार प्रहरी परिचालन गरी खोजी गरिरहेको छ ।

हालसम्म कुनै तथ्य फेला नपरेको हुँदा जिप र चालकको अवस्था थाहा हुन सकेको छैन । 

Top Post Ad

post bottom ads

Ads Bottom