Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सामाजिक सञ्जालमा प्रधानमन्त्री प्रचण्डको तस्बिर सहितको भारतीय आधारकार्ड सार्वजनिक भएपछी - Brighter Khabar

 

सामाजिक सञ्जालमा भाइरल भएको कागजात 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तस्बिर जोडेर नक्कली भारतीय आधार कार्ड बनाएर सामाजिक सञ्जालमा सेयर गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

प्रधानमन्त्री प्रचण्डको  रासन कार्ड र स्थायी लेखा सङ्ख्या कार्डलगायत नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा शेयर गरेको आरोपमा टाइगर रानामागर भनिने शेरबहादुर रानामगरलाई प्रहरीले पक्राउ गरेको हो ।

टाइगरलाई  आइतबार बुटवलको सुख्खानगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ  । 

नक्कली दस्तावेज बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाउने काम गरेको आरोपमा टाइगलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

उनलाई सीआईबीको टोलीले काठमाडौँ लगेर  थप अनुसन्धान थालिने  जनाइएको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom