असार २४, ललिता निवासको जग्गा किर्ते कागज बनाई किनवेच गरेको प्रकरणमा सञ्चार तथा सूचना प्रविधि सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन ।
प्रहरीले ललिता निवास प्रकरणमा संलग्न भएको अभियोगमा उनलाई आज पक्राउ गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोकी एआइजी किरण बज्राचार्यले सञ्चार सचिव राउतलाई पक्राउ गरिएको पुष्टि गर्नुभएको छ ।
२०६७ असारमा भौतिक योजना तथा निर्माण मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले विशिष्ट व्यक्तिहरूको निवास बिस्तार सम्बन्धमा गुरुयोजना तयार गर्ने प्रस्तावको टिप्पणी उठाएका थिए ।