Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मुग्लिन-नारायणगढ सडकखण्डको कालिखोला नजिक पहिरो खस्दा बाटो अवरुद्ध - Brighter Khabar


चितवन- मुग्लिन-नारायणगढ सडकखण्ड अन्तरगत कालिखोला नजिक पहिरो खसेर अवरुद्ध भएको छ ।


गएराती सोही ठाउँमा पहिरो खसेर अवरुद्ध सडक केही समय खुलाएपनि अहिले बिहान सात बजे फेरी पहिरो जाँदा सडक अबरुद्ध भएको एसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो ।


राती एक बजे पहिरो गएपछि सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको थियो ।


नारायणगढ मुग्लिङ सडक खण्डको कालिखोलामा माथिबाट सुख्खा पहिरो खसि बाटो दुबैतर्फी अबरोध भएको हो । अहिले दुईवटा डोजरले सडक पन्छाउने कार्य गरिरहेको पनि एसपी कार्कीले जानकारी दिनुभयो ।


Top Post Ad

post bottom ads

Ads Bottom