Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ - Brighter Khabar


असार ३० गते । मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ परेका छन् ।

शुक्रवार काठमाडौँको कलङ्कीबाट  मोटरसाइकल चोरीमा संलग्न मकवानपुरको बागमती गाउँपालिका ३ घर भई हाल काठमाडौँको स्वयम्भू ठुलो भर्‍याङ बस्ने २२ वर्षीय अमृत पाख्रिन तामाङ र बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ घर भई ठुलोभर्‍याङनै बस्ने २५ वर्षीय बुद्ध बहादुर वाइबालाई प्रहरीले पक्राउ गरेको हो । 

अनुसन्धान गर्ने क्रममा बुद्ध बहादुर वाइबाबाट लिएको भन्ने खुलेपछि वाइबालाई बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल सहित दुवै जनालाई पक्राउ गरेको प्रहरीले  जनाएको छ । 

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट खटिएको टोलीले शङ्कास्पद अवस्थामा च्यासिस र इन्जिनको भाग कोरिएको ना ३२ प ६६ ६३ नम्बरको मोटरसाइकल सहित अमृत पाख्रिन तामाङलाई नियन्त्रणमा लिएको थियो ।  

बा ९१ प १८ ०४ नम्बरको मोटरसाइकल काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा चोरीमा प्रयोग भएको खुल्न आएको प्रहरीले जनाएको  छ । 

प्रहरीका अनुसार  महोत्तरीको जलेश्वर नगरपालिका २ घर भई हाल ललितपुरको ग्वार्को बस्ने निकेश कुमार साहले ग्वार्को स्थित पार्किङ स्थलबाट प्रदेश ३ ०२ ००२ प ८९ ७७ नम्बरको मोटरसाइकल गएको बुधवार चोरी भएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । 

नियन्त्रणमा आएका दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom