Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

पोखराकी निरुता ३ हप्ता देखि सम्पर्कविहीन खोजी गरिदिन परिवारको आग्रह - Brighter Khabar


पोखरा- कास्कीको पोखरा महानगरपालिका  वडा नम्बर २७ डाँडाकोनाक बस्ने वर्ष १३ की निरुता गत  असार २२ गते देखि हराइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

असार २२ गते देखी घरबाट कोही कसैलाई नसोधी आफूखुसी घरबाट निस्की हिँडेकी निरुता थापा परिवारसँग  सम्पर्कविहीन भएकी हुन् ।

मानसिक स्थिति केही  कमजोर भएकी निरुता  हालसम्म आफन्त, स्टमित्र कोही कसैको पनि सम्पर्कमा नआएको भन्दै परिवारले  खोजतलास गरिदिन सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

गहुँ गोरी र  पातलो शरीर भएकी निरुताले  हराएको बखत  कालो बुट्टे सर्ट, निलो पाइन्ट, सेतो भेष्ट र चप्पल लगाएको परिवारले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom