Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गाडी अनियन्त्रीत भइ कच्ची सडकबाट ५ मिटर तल खस्दा १ को ज्यान गयो केहि घाइते - Brighter Khabar


असार २८, डोटीको आदर्श गाउँपालिका वडा नम्बर-२ मौवामा सरकारी गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना सामान्य घाइते भएका छन् ।


बा १ झ ९४३४ नम्बरको सरकारी गाडी दुर्घटना हुँदा आदर्श १ स्याउले घर भएकी ६५ बर्षिय हिरा खड्काको मृत्यु भएको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।


घटना बुधबार साँझ भएको हो । गाडी आदर्श गाउँपालिकाबाट सायल गाउँपालिकातर्फ जाँदै गर्दा अनियन्त्रीत भइ कच्ची सडकबाट ५ मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।


घाइते हुनेहरुमा बीर बहादुर खड्का, रबीन्द्र सुनार र टेकबहादुर तिरुवा रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom