Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

करेन्ट लगाएर माछा मार्ने क्रममा एकजनाको ज्यान गयो - Brighter Khabar


असार २० गते । करेन्ट लगाएर माछा मार्ने क्रममा झापाको दमकमा  करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । 

झापा दमकको  वडा ८ मा स्थानीय रातेहोलीमा करेन्ट लगाएर माछा मार्ने क्रममा मंगलबार अपराह्न ४० वर्षीय पदमबहादुर भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ  ।

प्रहरीका अनुसार  रातेहोलीमा पानी सुक्दै गएपछि माछा बाहिर देखिएपछि करेन्ट लगाएर माछा मार्न गएका भुजेलको करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको हो । 

 घटनाबारे थप  अनुसन्धान भइरहेको  छ ।

Top Post Ad

post bottom ads

Ads Bottom