Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बैङ्कको आधिकारिक कर्मचारी हुँ भन्दै अनलाइनमार्फत लाखौँ ठगि गर्ने व्यक्ति पक्राउ - Brighter Khabar


विभिन्न बैङ्कको आधिकारिक कर्मचारी हुँ भन्दै अनलाइनमार्फत ११ लाख १२ हजार ८४० रुपियाँ ठगी गर्ने महमद मोजाहीद मियालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले मंगलबार विज्ञप्ति सार्वजनिक मिया पक्राउ गरेको जानकारी दिनुभएको हो। 

मियाले पीडितसँग फोन सम्पर्क गरी बैङ्क खातासँग वालेट आइडी लिङ्कअप, खाता नवीकरण, केवाईसी फर्म अपडेट, स्टेटमेन्ट भेरिफाइ, सेक्युअर ट्रान्सफर चार्ज नलाग्ने र राम्रो बोनस प्राप्त हुने भनेर पीडितको खातामा पहुँच पुर्‍याएर ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीले खातावालाको ओटीपी कोडसमेत मागेर लिई खाता तथा वालेटमा रकम रकमान्तर गरेर मोरङको धनपालथान गाउँपालिका वडा नम्बर १ का २१ वर्षीय मियाले सो रकम ठगी गरेको जनाएको हो।  

निजलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकुमामा पठाइएको छ।

Top Post Ad

post bottom ads

Ads Bottom