Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

सवारी चेकजाँचका क्रममा लागुऔषधसहित दुई जना पक्राउ - Brighter Khabar

सांकेतिक तस्विर 


साउन ४, इलामको कन्यामबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्योदय नगरपालिका –५ का २१ वर्षीय प्रशिस खड्का र सूर्योदय –६ का २४ वर्षीय समिर तामाङ रहेका छन् । 


हिजो राति सवारी चेकजाँच गर्ने क्रममा उनीहरुका साथबाट ब्राउन सुगरजस्तो देखिने वस्तु तीन ग्राम तीन सय मिलिग्राम बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक सन्तोष राईले बताउनुभयो । 


झापाबाट इलामतर्फ आउँदैगरेका उनीहरुलाई बा २१ च ७९७१ नम्बरको गाडीबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा राखेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom