Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

बोलेरो ट्याक्सी अनियन्त्रित भएर दुर्घटना हुँदा एकको ज्यान गयो,१३ जना घाइते - Brighter Khabar


साउन ९, मेची राजमार्गअन्तरगत पाँचथरको फिदिम नगरपालिका-२ स्थीत कृष्णमन्दिर नजिक बोलेरो  दूर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

झापाबाट पाँचथरतर्फ आउँदै गरेको मे १ ज १९४१ नम्बरको बोलेरो ट्याक्सी अनियन्त्रित हुँदा सडकबाट एकसय पचास मिटर तल खसेर दुर्घटना भएको हो ।

आज करिब सवा बाह्र बजेको समयमा भएको दुर्घटनामा नामथर र ठेगान नखुलेका अन्दाजी ४५ बर्षिय जनजाती अनुहारको पुरषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

चालकसहितको १४ जना सवार रहेको ट्याक्सी दुर्घटनामा परी सबै घाइते भएका हुन् । 

घाइतेहरुको पाँचथर जिल्लामा उपचार भइरहेका मध्ये केहीको उपचार हुन नसकेपछि थप उपचारको लागि जिल्ला बाहिर रिफर गरि सकिएको जिल्ला अस्पतालले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom