Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आँफुलाई प्रधानमन्त्रीको सल्लाहकार बताउँदै ठगी गर्ने दुई जना पक्राउ - Brighter Khabar


साउन ८, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुशासन सल्लाहकार हुँ भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले काठमाडौँको कोटेश्वरबाट पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आँफुलाई  प्रधानमन्त्रीको  सल्लाहकार बताउँदै ठगी गर्ने काठमाडौँको नागर्जुन बस्ने ४४ वर्षीय राजेन्द्रप्रसाद खनाल र २३ वर्षीय विशाख खनाललाई पक्राउ गरेको हो  ।

उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय दमक, झापामा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत भद्रपुर झापाबाट पक्राउ पुर्जी जारी भएकाले जिल्ला प्रहरीको अनुरोधमा आरोपीहरुलाई पक्राउ गरिएको हो। 

उनीहरुले प्रधानमन्त्रीको सल्लाहकार भएको र प्रमुख नेताहरुसँग चिनजान रहेकाले विभिन्न कम्पनी तथा व्यवसायमा सहभागी गराउने भनी झुटा आश्वासन दिएर ठगी गरेका खुल्न आएको छ । 

पीडितहरुलाई विभिन्न कागजातमा सहीछाप गराई उनीहरुले रु ४५ लाख बढी रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

यसरी रकम ठगी गरी उनीहरुले पीडितको ना४च ८६७० नंको स्कारपियो गाडीसमेत लिएर फरार भएका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ  ।

उनीहरुलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय दमक, झापा पठाइएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom