Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाबाट लागु औषध मुद्दामा फरार रहेका एकजना पक्राउ - Brighter Khabar

१२ साउन २०८०, स्याङ्जा ।

स्याङ्जाबाट लागु औषध मुद्दामा  फरार रहेका एकजना लाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. -२ हुनीकोटका बर्ष ७३ को डिलमान सिं गुरूङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पोखराको मिति २०७९ साल मंसिर २६ गतेको फैसलाले १ (एक) बर्ष कैद र रु. ५,०००।-(पांच हजार) जरिवाना तोकेकोमा उनी फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले यहि साउन ११ गते निजकै घरबाट पक्राउ गरेको हो ।

गुरुङलाई स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom