Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जनाको ज्यान गयो - Brighter Khabar



असार ३१, जङ्गली च्याउ खाँदा रोल्पामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । 

रोल्पा लुङ्ग्री गाउँपालिका–५ काला पोखराका ३३ वर्षीया भीमा गुरुङ र उहाँका छोराहरु ११ वर्षीय सुशील गुरुङ तथा छ वर्षीय प्रेम गुरुङको जंगली च्याउ खाँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

जङ्गली च्याउ खाई बिरामी परेपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा भर्ना गरिएका उनीहरुलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो ।

उनीहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिनुभयो ।

Top Post Ad

post bottom ads

Ads Bottom