Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेपाली काँग्रेस सबैभन्दा ठुलो पार्टी हो कसैसँग गठबन्धन आवश्यक छैन : काँग्रेस महामन्त्री थापा - Brighter Khabar


असार ३१, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेस सबै भन्दा ठुलो पार्टी भएको बताउँदै कसैसँग गठबन्धन गरिरहन आवश्यक नरहेको  बताएका छन्  । 

शनिवार धरानमा भएको नेपाली काँग्रेसका प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरूको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले  नेपाली काँग्रेस ठुलो पार्टी भएको बताएका हुन्  । 

गठबन्धनले पार्टी कमजोर भएको र विपक्षी पार्टीले डर मात्र देखाएको बताउँदै उनले  गठबन्धन गर्न आउने पार्टी कमजोर पार्टी भएको  र कमजोर पार्टीसँग गठबन्धन गर्दा नेपाली काँग्रेस पनि कमजोर हुँदै गएको बताएका छन् ।

गएको निर्वाचनमा तीन सय २९ जना पालिका प्रमुख, दुई हजार छ सय ६८ जना वडाको वडाध्यक्ष, पाँच हजार तीन सय १३ जना वडा सदस्य नौ जना मन्त्री चार जना मुख्य मन्त्री रहेकोले नेपाली काँग्रेस सबै भन्दा ठुलो पार्टी रहेकाले कुनै पार्टीसँग गठबन्धन गरिरहन नपर्ने दाबी उनले गरेका छन्  । 

Top Post Ad

post bottom ads

Ads Bottom