Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जामा छोरीमाथि खुकुरी प्रहार गर्ने बाबु पक्राउ - Brighter Khabar


स्याङ्जा, असार - ३१ ।  स्याङ्जामा आफ्नै छोरी माथि धारिलो हतियार प्रयोग गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।

स्याङ्जाको  भिरकोट नगरपालिका वडा नम्बर ७ मा छोरीलाई खुकुरी प्रहार गर्ने बाबु यम बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

घर परिवारको सामान्य विवाद पश्चात् उनले १७ वर्षीय  छोरीलाई हतियार प्रयोग गरी घाइते बनाएपछि स्थानीयले प्रहरीलाई खबर गरिदिएका थिए । 

घाइते छोरीको स्थानीय स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरिएको छ ।

साथै उनको घरबाट प्रहरीले १ थान बन्दुक , ७ वटा छर्रा , ५० ग्राम बारुद , छर्रा बनाउने सिसा १ थान, पटक २ थान र खुकुरी एक थान बरामद गरेको छ ।

निजलाई नियन्त्रणमा लिई  घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom