Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल - Brighter Khabar


साउन १२ गते । धनुषामा एउटै नम्बर प्लेट भएका दुई वटा मोटरसाइकल फेला परेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार साँझ जाँचका क्रममा एउटै नम्बर प्लेट भएका मोटरसाइकल फेला पारेको हो । 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले प्रदेश–२–०२–००३ प ४०२३ नम्बरका दुई मोटरसाइकल फेला परेको बताउनुभयो । 

मोटरसाइकलको कलर र कम्पनी समेत एकै रहेको उहाँले जानकारी दिनुभयो । 

उहाँले १६० सीसीको अपाचे मोटरसाइकल प्रयोग गर्ने दुई जनासहित मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताउनुभयो । 

Top Post Ad

post bottom ads

Ads Bottom