Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आ'त्मह'त्या दुरुत्साहन आरोपमा वडा अध्यक्ष सहित तीन जना पक्राउ - Brighter Khabar


असार २८ गते । आत्महत्या दुरुत्साहन आरोपमा वडा अध्यक्ष, महिला सदस्यसहित तीन जना पक्राउ परेका छन् । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका वडा अध्यक्ष, महिला सदस्यसहित तीन जना पक्राउ परेका हुन् । 

भुम्लु गाउँपालिका –१ सापिङका ६८ वर्षीय ठडिन्द्रबहादुर पन्तको आत्महत्या दुरुत्साहनमा सोही वडाका वडा अध्यक्ष लेखबहादुर श्रेष्ठ, महिला सदस्य दानकुमारी महत (खत्री) र टोल सुधार समितिका अध्यक्ष ताराबहादुर पन्त पक्राउ परेको प्रहरीले जनाएको छ  । 

उनीहरुमाथि  आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका वडा अध्यक्षसहित तीन जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १८५ बमोजिम मुद्दा दर्तागरीएको छ । 

ठडिन्द्र असार १० गते लप्सीको बोटमा झुन्डिएको अवस्थामा फेला परेका थिए  । शव पोष्टमार्टमका लागि परिवार तथा आफन्तजन नआएका कारण पन्तको शव धुलिखेल अस्पतालमा राखिएको छ । 

 काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

आत्महत्या दुरुत्साहन मुद्दामा दुरुत्साहन दिने व्यक्तिलाई पाँच वर्ष कैद र ५० हजार रुपियाँसम्म जरिवाना हुने व्यवस्था रहेको छ ।

वि.सं. २०७५ फागुन २ गते ठडिन्द्रका श्रीमती भोजकुमारी बानियाँको नाममा रहेको एक रोपनी चार आना दुई पैसा क्षेत्रफलको जमिनबाट गाउँमा रहेको भीमेश्वर महिला कृषक समूहको भवन निर्माणका लागि तीन आना जग्गा ३० हजार रुपियाँमा उपलब्ध गराउने सहमति भएको थियो । 

Top Post Ad

post bottom ads

Ads Bottom