Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नेदरल्याण्ड पठाइदिने भनेर साढे ४४ लाख ठगी गर्ने एकजना पक्राउ - Brighter Khabar


साउन १५ गते । नेदरल्याण्डमा वैदेशिक रोजगारीमा पठाइदिने भनेर पीडितहरुबाट ४४ लाख ५० हजार रुपियाँ ठगी गर्ने ३७ वर्षीय कपिल बर्मालाई प्रहरीले पक्राउ गरेको छ ।


काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार स्थायी घर महोत्तरीको जलेश्वर नगरपालिका–१३ का बर्माले नेदरल्याण्ड पठाइदिन्छु भनेर विक्रम कार्कीसहित छ जनासँग प्रतिव्यक्ति १२ लाख रुपियाँ लिएर सम्पर्कविहिन भएको जानकारी प्राप्त भएको हो ।


प्रवक्ता रेग्मीले बर्माले पीडितहरुलाई नेदरल्याण्डमा प्रतिष्ठित सुपरमार्केट कम्पनीमा स्टोरकिपरको काम लगाइदिने र मासिक दुई लाख रुपियाँभन्दा बढी तलब हुने भनेर प्रलोभनमा पार्ने गरेको जानकारी दिनुभयो ।


प्रहरीले उनलाई सोमबार काठमाडौंको मण्डिखाटारबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचलमा पठाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom