Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

क्षेत्रीय अस्पताल पोखराको प्रयोगशालामा जाँच गरेको रिपोर्ट अब घरबाटै हेर्न सकिने , यस्तो छ प्रक्रिया - Brighter Khabar

 

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान,पश्चिमाञ्चल क्षेत्रीय  अस्पताल पोखरामा प्रयोगशालाको स्वास्थ्य परीक्षणको रिपोर्ट अब अनलाईनबाट हेर्न मिल्ने भएको छ ।

प्रतिष्ठानका अनुसार   पश्चिमाञ्चल क्षेत्रीय  अस्पताल पोखराको प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणको रिपोर्ट अब  घरमै बसेर पनि हेर्न सकिने भएको हो  । 

यसको लागि  शुरूमा सम्बन्धित व्यक्तिले प्राप्त गरेको प्रयोगशालाको बिलमा दाँया तर्फको माथिल्लो भागमा रहेको क्यु आर कोड स्क्यान गर्नुपर्ने अस्पतालले जनाएको छ ।  

 अस्पतालका अनुसार स्क्यान गरिएको कोडबाट  युजर नेम र पासवर्ड राख्न सकिनेछ ।  

त्यसपछि केही बेरमा प्रयोगशालाको परीक्षणको रिपोर्ट आफ्नै मोबाइलमा सजिलै हेर्न सकिने बताइएको छ ।  

Top Post Ad

post bottom ads

Ads Bottom