Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जाको अर्जुनचौपारीमा निर्माण हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण - Brighter Khabar


स्याङ्जा , असार २९ । 
स्याङ्जामा  हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको छ। स्याङ्जाको अर्जुनचौपारि गाउँपालिका वडा नम्बर १ स्थित  सहलेमा नेपाली सेनाले निर्माण गरेको  हेलिप्याड गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । 

चालु आर्थिक वर्ष २०७९/८० को कार्यक्रम अन्तर्गत अर्जुनचौपारि गाउँपालिकाको सहयोग  तथा नेपाली सेनाको श्रमदानमा निर्माण सम्पन्न हेलिप्याड आज एक समारोहका बिच पालिकालाई हस्तान्तरण गरिएको हो ।

आजको एक कार्यक्रमका बिच  गुल्म पति सेनानी हरिप्रसाद भट्टराईले  गाउँपालिकाका प्रमुख  प्रकाश तिवारीलाई हस्तान्तरण गरेका हुन् ।

भइपरी आउने घटना र अपर झटका बिरामीहरूलाई उद्धारका निमित्त यस हेलिप्याडले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom