Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

नावालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा चार जना पक्राउ - Brighter Khabar


साउन २, सप्तरीको कञ्चनरुप नगरपालिकामा एक नावालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले चार जना पक्राउ गरेको छ ।

गत शुक्रवार राति सोही जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ धरमपुर टोलमा १७ वर्षीया नावालिकामाथि सामूहिक बलात्कार भएको र घटनामा संलग्न योजनाकारसहित चार जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ ।

जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्वर १२ का ४१ वर्षीय कैलाश पोखरेल, २४ वर्षीय सुदिप भुजेल, २२ वर्षीय मनोज विश्वकर्मा र २१ वर्षीय दिपेश सुवेदी पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार कैलाशले नै सुदिप, मनोज र दिपेशलाई बलात्कार गर्न निर्देशन दिई आफ्नै अगाडी बलात्कार गर्न लगाएको वयानको क्रममा खुलेको छ ।

शुक्रवार मध्यराति आरोपी चारैजना नावालिकाको घरमै पसेर कोही नबस्ने छेउको घरमा लगि कैलाशको निर्देशनमा पालै–पालो सुदिप, मनोज र दिपेशले बलात्कार गरेको जाहेरीका साथै बयानबाट पनि खुल्न आएको प्रहरीले जनाएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom