Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

टिपरको ठक्करबाट आमा छोरीको ज्यान गयो - Brighter Khabar


असार २०,  इटहरीको मुख्य चोकमा टिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । कान्छाराम कन्ट्रक्सनको ना १ ख ९१०७ नम्बरको टिपरको ठक्करबाट को १४ प ५२४ नम्बरको स्कुटरमा सवार आमा छोरीको ज्यान गएको हो ।

दुर्घटनामा  इटहरी ८ की ३९ बर्षीय सरिता चौधरी र  उनकी  २२ वर्षिया छोरी अनुष्काको ज्यान गएको हो  ।  सरिता चौधरीको घटनास्थलमै र उनकी घाइते भएकी छोरी अनुष्काको  विराटनगरस्थित न्युरो अस्पतालमा उपचारको क्रममा गएराती ज्यान गएको हो ।

घटनापछि प्रदर्शनमा उत्रिएका स्थानिय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको थियो । 

तनावग्रस्त स्थिती नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास छाड्नु परेको थियो भने दुई प्रहरी घाइते भएका छन् ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ  ।

Top Post Ad

post bottom ads

Ads Bottom