Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलद्वारा सरकारी सम्पत्तिको चरम दुरुपयोग, अझै गरेनन् गाडी र चालक फिर्ता - Brighter Khabar


पोखरा-  गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले  पद गएको झन्डै ६ महिना पुगी सक्दा पनि सरकारी गाडीको चरम दुरुपयोग गरेको भेटिएको छ । 

काँग्रेस केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले  सरकारी गाडी र चालक लिएर निर्बाध रूपमा हिँड्ने गरेको भेटिएको हो । गत पुस २५ गते मुख्यमन्त्रीबाट  पदमुक्त भएका  उनले  मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको ग १ झ ६०१ नम्बर प्लेटको  गाडी र सरकारी चालक ६ महिना बितिसक्दा पनि फिर्ता नगरेको भेटिएको हो ।

पूर्व मुख्यमन्त्री पोखरेल आफू मुख्यमन्त्री हुँदा पाएको सरकारी नम्बर प्लेटको गाडीमै व्यक्तिगत र पार्टीका काममा हिँड्ने गरेको भेटिएको हो ।

स्रोतका अनुसार आन्तरिक सहमति अनुसार नै  पोखरेलले सरकारी गाडी फिर्ता नगरेको खबर हामीलाई प्राप्त भएको छ  । पछिल्ला केही दिनयता उनी सरकारी नम्बर प्लेट सहितको गाडीमा कहिले अस्पताल त कहिले उनको पार्टी कार्यालय  भने कहिले व्यक्तिगत कामका सिलसिलामा विभिन्न स्थानमा देखिने गरेका छन् ।

मुख्यमन्त्री हुँदा पाएको सरकारी गाडी सँगै  चालक समेत लिएर पार्टी र व्यक्तिगत कामका लागि प्रयोग गरिरहँदा उनीमाथि नैतिक प्रश्न समेत तेर्सिएको छ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्नो पद गएपछि सबै सरकारी सुविधा त्यागी  राज्यले उपलब्ध गराएका सबै कुरा राज्यलाई नै फिर्ता गर्नुपर्ने व्यवस्था भए पनि पोखरेलले राज्यको ढुकुटीको चरम दुरुपयोग गरिरहँदा उनको पार्टीको त कुरै छाडौँ त्यो सँगै  सबै निकाय गुपचुप  छन् ।

पछिल्लो समय  गृह मन्त्रालयले सरकारी गाडीको दुरुपयोग नगर्न सर्कुलर जारी गरेको भए पनि पोखरेलले यसलाई बेवास्ता गरी  राज्यको सम्पत्तिको चरम दुरुपयोग गर्दा गृहको कुनै एक्सन नदेखिएको हो ।

यसरी तै चुप मै चुप गरेर यति बेला  दल र पूर्व पदकै आधारमा राज्यको सम्पत्ति कहिले सम्म दोहन गर्ने भन्ने प्रश्न उनी माथि मात्रै हैन उनको दलमाथि नै तेर्सिएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom