Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

साउने सङ्क्रान्तिमा नुन लिन जाँदा सजिलै नापाएपछी डिपो नै तोडफोड - Brighter Khabar


साउन १, जुम्लामा नुन सहजै नपाएको भन्दै त्यहाँका स्थानीयले डिपोमा तोडफोड गरेका छन् । स्थानीयले अहिले पनि नुन वितरणमा सहज नभएको भन्दै लाइनमा लागेका व्यक्तिहरूले डिपोमा ढुङ्गामुढा गरेका हुन् । 

नेपाल साल्ट ट्रेनिङ कार्यालय जुम्लामा प्रमुख खगेन्द्रबहादुर मल्लले नुन वितरण भइरहेको समयमा नै ढुङ्गामुढा भएको जानकारी दिनुभयो । 

साउने सङ्क्रान्तिको समयमा नुन लिन आएका नागरिकले नुन सहज रूपमा नपाउँदा आक्रोश पोखेको स्थानीयले बताएका छन् । उनीहरूले सरकारले नागरिकलाई नुनसमेत राम्रोसँग दिन नसकिरहेको आरोप लगाउँदै आएका छन् । 

नुनको कमीका कारण यसभन्दा पहिले हरेक लाइनमा लागेका व्यक्तिलाई ३ प्याकेट दिने गरिएको थियो तर यस पटक नुन थपिएपछि लाइनमा लागेका प्रतिव्यक्ति ५ प्याकेट वितरण गरिएको हो। 

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नुन बाँडिरहेको समयमा अपुग भएको भन्दै आन्दोलन भएको जानकारी प्राप्त भएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार नुनको अभाव खासै नभएको तर व्यवस्थापनका विषयमा ध्यान दिन ढिलाइ भएकाले स्थानीय तहले यस विषयमा जोड दिन आवश्यक छ । 

नेपाल साल्टट्रेनिङ कर्पोरेश जुम्लाका प्रमुख मल्लका अनुसार खासै नुनको अभाव भएको छैन । उहाँले गत वर्ष जुम्लाका लागि दुई हजार पाँच सय क्विन्टल नुन स्वीकृत भएपनि भर्खरै मात्र दुई हजार ८० क्विन्टल नुन थप भएकाले अभाव नभएको बताउनुभयो । जुम्लाको सिञ्जा क्षेत्रमा कार्यालय स्थापना गरी लामो समयदेखि नुन वितरण भएको कार्यालयले जानकारी दिएको छ । 

जुम्लामा आर्थिक वर्ष २०७९।८० मा विभिन्न समयमा नुनका लागि भीड बढेको भन्दै पटक-पटक स्थानीय तहमा नुन वितरण प्रणाली सुरु गर्न पहल भइरहे पनि स्थानीय प्रशासन, जनप्रतिनिधि, राजनैतिक दल र सरोकारवाला निकाय रमितेको रूपमा हेरिरहेका देखिन्छन् । जुम्लाबाट नेत्र शाहीले गोरखापत्रमा समाचार लेखेका छन् 

Top Post Ad

post bottom ads

Ads Bottom