पोखरा- पोखरा महानगरपालिकाले पोखराको व्यस्त सडक पृथ्वी चोकदेखि चाइना पुलसम्मको दुवै तर्फको साइडमा सवारी रोक्न निषेध गरेको छ ।
महानगरले यही साउन ७ गते आइतबारदेखि उक्त क्षेत्रलाई पार्किङ निषेध क्षेत्र बनाउने जनाएको हो ।
सो निषेधित क्षेत्रमा पार्किङ गर्नेलाई नियम बमोजिम कारबाही गरिने समेत महानगरले जनाएको छ ।
एक सूचना जारी गर्दै उक्त व्यस्त सडकलाई पार्किङ निषेधित बनाएर सवारी आवागमनमा सहजता निर्माण गर्न सबैमा अपिल समेत गरेको छ ।