Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अनेरास्ववियुद्वारा राष्ट्रपति पौडेलको उपचारको लागि १ रुपैयाँका दरले सहयोग संकलन - Brighter khabar

 

विद्यार्थी संगठनले राष्ट्रपति रामचन्द्र पौडेलको उपचार खर्चको  लागि सहयोग संकलन गरेको छ ।

अनेरास्ववियुले झापाका बिभिन्न क्याम्पस र नगर कमिटीहरुबाट   सांकेतिक विरोध स्वरुप राष्ट्रपति पौडेलको उपचार सहयोग संकलन अभियान सुरु गरेको हो ।

 एक रुपैयाँका दरले सहयोग उठाएर संकलन रकम झापा जिल्ला हुलाक कार्यालय मार्फत राष्ट्रपति  कार्यालयमा पठाएका छन् ।

पछिल्लो समय राष्ट्रपति पौडेलको दिल्लिमा गरिएको उपचार खर्च उनले आँफै बेहोर्ने इच्छा जाहेर गरेको भनेर विज्ञप्ति आएपनी पछि आएर राष्ट्रपतिले खर्चको लागि दाबी भुक्तानी गरेको खबर बाहिरिएको थियो ।

राष्ट्रपति पौडेलमा पछिल्लो समय बढ्दो उमेर सँगै अस्वस्थता देखिन थालेपछी निरन्तर अस्पतालकै फलोअपमा हुनुहुन्छ ।


Top Post Ad

post bottom ads

Ads Bottom