Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

आजदेखि हवाई भाडामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिने - Brighter Khabar


साउन १ गते । आन्तरिकतर्फको हवाई भाडामा सोमबारदेखि १३ प्रतिशत अतिरिक्त मूल्य अभिवृद्धि कर लाग्ने भएको छ। 

आर्थिक वर्ष २०८०/८१ को बजेटमा हवाई यातायात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था अनुसार नयाँ आर्थिक वर्षदेखि मूल्य अभिवृद्धि कर लाग्ने भएको हो। 

सोमबारदेखि आन्तरिकतर्फको हवाई टिकट छदेखि नौ प्रतिशतसम्म बढ्ने भएको छ। नेपाल वायुसेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार  आन्तरिक हवाई उडानका लागि टिकटमा यात्रु सेवा शुल्क, इन्धन खर्च र हवाई शुल्क गरी तीन शीर्षकका मूल्यका आधारमा अभिवृद्धि कर जोडेर टिकटको मूल्य निर्धारण हुन लागेको हो । 

आन्तरिकतर्फको हवाई भाडा बढे पनि नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका हवाई कम्पनीले भने हवाई भाडा बढाएका छैनन्। 

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बजेटमा मूल्य अभिवृद्धि कर लगाउने व्यवस्थामा टेकेर सरकारले आन्तरिकतर्फका उडानमा सोमबादेखि सो व्यवस्था लागु हुने भए पनि अन्तर्राष्ट्रियतर्फ भने के गर्ने भन्ने अन्योल रहेको बताए ।

सरकारले पहिलो पटक हवाई टिकटमा मूल्य अभिवृद्धि कर लागु गरेको हो। सरकारले पर्यटन क्षेत्र अन्तर्गत हवाई क्षेत्रलाई पनि सेवामूलक उद्योगको सूचीमा राखेर हालसम्म मूल्य अभिवृद्धि कर लिने गरेको थिएन। 

नयाँ प्रावधान अनुसार अबदेखि भाडादरसहित जहाज, इन्जिन र पार्टपुर्जा आयातमा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर जोडिने छ भने सबै हवाई कम्पनी मूल्य अभिवृद्धि करमा दर्ता भएको हुनुपर्ने छ।

Top Post Ad

post bottom ads

Ads Bottom