Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

अस्पतालको पानी ट्याङ्कीमा बालकको शव फेला - Brighter Khabar

सांकेतिक तस्विर 


असार १६,  डोटीमा निर्माणाधीन अस्पतालको पानी ट्याङ्कीमा बालकको शव भेटिएको खबर छ । 

जिल्लाको दिपायल सिलगढी नगरपालिका–५ गैराका ८ वर्षीय बालक दिपेश मलासीको शव भेटिएको प्रहरीले जनाएको छ ।

निर्माणाधीन प्रादेशिक सरुवा अस्पतालको रिजर्व ट्याङ्कीमा बालकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मी जोशीले जनाएका छन् । 

शुक्रबार गाई गोरु चराउन गएका मलासी अबेरसम्म घर नफर्किएपछि उनको खोजीकार्य थालिएको थियो । खाेजी गर्ने क्रममा बालकको शव अस्पतालको रिजर्व ट्याङ्कीमा भेटिएको थियो ।

प्रहरीका अनुसार  घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom